दैनिकजसो सत्तारूढ गठबन्धनको बैठक बस्दै


काठमाडौँ, १४ श्रावण । सरकारका काम कारबाहीका बारेमा छलफल गर्न आजभोलि नियमित जस्तो गठबन्धनको बैठक बस्ने गरेको छ । बुधवार मात्र बसेको गठबन्धनको बैठक आज पनि बस्न लागेको हो ।

बैठकले सरकारका काम कारबाहीका साथै न्यूनतम साझा कार्यक्रम र मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको बताइएको छ । बैठक बिहान साढे आठ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ । बैठक बस्नु अघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र देउवाबिच भेटवार्ता भएको थियो । 

गठबन्धनमा सहभागी पार्टीहरूले सरकारमा सहभागी हुनेको नामावली दिन नसक्दा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले अझैसम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । त्यसो त देउवाले आफ्नै पाटीबाट पनि कोको सरकारमा सहभागी हुने भन्ने बारेमा फिक्स गर्न कसेका छैनन् ।  

आज सम्ममा देउवा सरकारमा काँग्रेस र माओवादी केन्द्रका दुई–दुई जना मन्त्री र काँग्रेसबाटै एक जना राज्यमन्त्री मात्र छन् । सरकार जसपा र एमालेकै नेपाल –खनाल पक्षलाई पनि समेटेर मन्त्रीमण्डल विस्तार गर्ने मनसायमा देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्