नेपाल पुलिसलाई पराजित गर्दै भारत सेमीफाइनलमा (फोटो फिचर)


फोटो – खनेन्द्र कुमार राई (अर्जुन)

बेलबारी, ७ असोज / रोयल फुटबल क्लब सिलिगुडी भारत सेमीफाइनलमा प्रवेश गरेका छन । बेलबारी–११ लक्ष्मीमार्ग स्थित खेल मैदानमा जारी तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको मंगलबार भएका खेलमा नेपाल पुलिस क्लबलाई टाईब्रेकरमा पराजित गर्दौ रोयल सेमीफाइनलमा प्रवेश गरेको हो ।

सेमिफाइनल खेलमा विभागीय टोली एपीएफसँगको रोयल भिड्ने पक्का भएको छ । निर्धारित समय २–२ गोलको बारीबरीमा सकिएपछि खेल टाईब्रेकर भएको थियो । भारतका गोल रक्षक किशोर गिरीको उत्कृष्ट प्रदर्शनीले दर्शक उनको प्रसंसक त बने नै, आफ्नो टिमलाई पनि सेमीफाइनलमा प्रवेश गराउन सफल भए ।

टाईब्रेकरमा भारतका पोल्साङ लामा, निरज बस्नेत, क्लास बस्नेत र सोनाम भुटियाले गोल गरे भने पुलिसको तर्फबाट सुमन लामा र भरत साहको प्रहार मात्रै गोलमा परिणत भयो । निरकुमार राईको प्रहार भारतका गोलरक्षक किशोर गिरीले रोकेर आफ्नो टिमलाई जित दिलाए । खेलको म्यान अफ दी म्याच पनि गिरी नै घोषित भएका छन ।

भारतका अमीर लामाले प्रतिक लामाको कर्नर प्रहारलाई हेड गर्दैे ३ मिनेटमा नै गोल गरेका थिए । भारतले गरेको गोल पछि खेल आक्रमक बनेको थियो । दबाबमा परेको पुलिसको तर्फबाट ४ मिनेटमै शौजन याक्खाले जबाफी गोल फर्काएका थिए । पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।

भारतका दीपु वर्मनले ८१ मिनेटमा गोल गरेर खेललाई २–१ को अवस्थामा पु¥याए । निरज बस्नेतको पासमा पुलिसका गोलरक्षक सन्जित श्रेष्ठलाई विट गर्दै वर्मनले बललाई वान टच जाली चुमाएका थिए ।

निर्धारित समय सकिन ९ मिनेट समय मात्रै बाँकी रहेको अवस्थामा पनि भारत सम्हालिन नसक्दा खेल टाईब्रेकरमा धकेलिएको हो । अन्तिम समयमा पुलिसका सुमन लामाले गोल फर्काउँदै खेललाई २–२ को बराबरीमा पु¥याएका थिए । भारतका प्रतिक लामाले फल खेलेपछि करिव २५ यार्ड टाढाबाट पाएको फ्रिकिक प्रहारलाई सुमनले सदुपयोग गर्दै बललाई पोस्टको बाटो दिएपछि खेलको छिनोफानो निर्धारित समयमा हुन सकेन ।

पुलिसका निरकुमार राई, सुमन लामा, भरत साह र वुद्ध वलवान भर्सेस वानको अवस्थामा गोल गर्न चुक्नु पुलिसका लागि दुर्भाग्यपूर्ण बन्यो । भारतका पनि आदर्श तामाङ, निशान्त लिम्बू र श्याम सरकारको प्रहारले पोस्टको बाटो नदेख्दा खेलको नतिजा निर्धारित समयमा निस्कन सकेन ।

बुधबार हुने पहिलो सेमिफाइनल खेलमा धरान फुटबल क्लब सुनसरी र मदन भण्डारी स्र्पोट्स एकेडेमीबीच प्रतिस्पर्धा हुने छ ।

(फोटो क्याप्सन : बलका लागि प्रतिस्पर्धा गर्दै पुलिस (रातो जर्सी) र भारतका खेलाडी ।)

https://youtu.be/thLjeo8hHpM

प्रतिक्रिया दिनुहोस्