तटस्थ बसेका भनिएका रेशम चौधरी पनि जसपाको संस्थापन पक्षतिरै


काठमाडौँ, १३ श्रावण । तटस्थ भनिएका रेशम चौधरी पनि जसपाको संस्थापन पक्षतिरै देखिएका छन् ।  कतै पनि भोट नगरी जसपाको आधिकारिकता विवादमा तटस्थ रहेका भनिएका रेशम चौधरी अन्ततः जसपाको संस्थापन पक्षतिरै खुलेका छन् ।

चौधरी आधिकारिक पार्टीमै रहेको र केन्द्रीय कार्यकारिणी सदस्य रहेको जसपाका प्रवक्ता डम्बर खतिवडाले सामाजिक सञ्जालमार्फत प्रस्ट पारेका छन् ।  निर्वाचन आयोगले हेड काउन्ट गर्दा ५१ सदस्यीय कार्यकारिणीमा यादव पक्षमा ३४ जनाले समर्थन गरेका थिए भने १६ जनाले महन्थ ठाकुरलाई समर्थन गरेका थिए ।

बहुमतको आधारमा निर्वाचन आयोगले साउन ११ गते जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने निर्णय गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्