सरकार विस्तार लगायतका विषयमा देउवा र प्रचण्डबिच छलफल


काठमाडौँ, १२ श्रावण । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच आज मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ । दुई नेताबिच बिहान भएको भेटमा मन्त्रिपरिषद् विस्तार तथा कार्यदल गठनबारे छलफल भएको बताइएको छ ।

माओवादी केन्द्र शेरबहादुर देउवा नेतृत्वको सरकारको मेरुदण्डकै रूपमा लिइन्छ । ओली नेतृत्वको एमाले सरकार ढाल्न र देउवा नेतृत्वको सरकार बनाउनमा माओवादी केन्द्रकै ठूलो हात रहेको थियो । हाल माओवादी जनार्दन शर्माको नेतृत्वमा सरकारमा सहभागी रहेको छ । सरकारमा काँग्रेस रहे पनि यसको निर्णायक भने माओवादी केन्द्र नै भएको जानकारहरू बताउँछन् । 

आकाङ्क्षीको सङ्ख्या बढी हुँदा माओवादी र स्वयम् नेपाली काँग्रेसलेसमेत सरकारमा सहभागी हुनेको निर्क्योल गर्न सकिरहेको छैन । त्यस्तै निर्वाचन आयोगको निर्णयसँगै सरकारमा सामेल हुँदै गरेको जसपा र उसले पाउने मन्त्रालयको बारेमा पनि आजको भेटमा छलफल भएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्