काठमाडौं, ११ श्रावण । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफूहरू छिट्टै सरकारमा सहभागी हुने बताएका छन् । सोमबार निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले छिट्टै देउवा नेतृत्वको सरकारमा जसपा सहभागी हुने बताएका हुन् ।
निर्वाचन आयोगले जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारीहरूको आधारमा विवाद टुङ्ग्याउने निर्णय अनुसार आज सोमवार जसपाका केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई आयोगमा शरीर डाकेको छ ।
आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया नेतृत्वमा रहेको इजलासले दल दर्ताको बखतका केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारीको सनाखत गराउन आदेश दिएको थियो ।
आयोगले आज दल दर्ता हुँदाका केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारीहरूलाई नागरिकताको सक्कल कपी, मतदाता परिचयपत्रको सक्कल कपी लिएर को–कता भनेर सनाखत गराउन आदेश भएको बताएको छ । जसपाको ५१ सदस्यीय कार्यकारिणी समिति रहेकोमा अध्यक्ष उपेन्द्र यादव पक्षले आफूसँग बहुमत रहेको दाबी गर्दै आएको छ ।