‘उपत्यका काण्ड’मार्फत युथफोर्सको शक्ति प्रदर्शन


काठमाडौँ, ९ श्रावण । नेकपा एमाले निकट यूथ फोर्सले काठमाडौँमा आफ्नो शक्ति प्रदर्शन गरेको छ । शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै यूथ फोर्सको भ्याली कमान्ड घोषणा गर्दै आफ्नो शक्ति प्रदर्शन गरेको हो । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले उक्त प्रदर्शनलाई सम्बोधन गर्ने भनिए पनि उनी अनुपस्थित भए पछि महासचिव पोखरेलले संवोधन गरेका थिए । महासचिव ईश्वर पोखरेलको मुख्य आतिथ्यतामा भएको कार्यक्रमले ११०१ सदस्यीय उपत्यका कमान्ड फोर्स गठन भएको छ । पुष्पराज श्रेष्ठको संयोजकत्वमा उपत्यका फोर्स गठन भएको छ । उक्त कार्यक्रममा उपत्यकाका विभिन्न स्थानबाट युथफोर्सले मोटरसाइकल र्‍याली गरेको थियो । 

पछिल्लो समय एमालेमा अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहद्वारा आ–आफ्ना सङ्घ, सङ्गठनहरू विस्तार हुँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्