एमालेको स्पष्टीकरणले एकतामा भाँजो हालेको नेपाल पक्षको ठहर


काठमाडौँ, ७ श्रावण । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षबाट भइरहेका गतिविधिले एमालेको एकतामा भाँजो हालेको नेपाल –खनाल पक्षको ठहर रहेको छ । बुधवार बसेको नेपाल –खनाल पक्षीय नेताको बैठकले पार्टी अध्यक्ष ओलीले सोधेको स्पष्टीकरण पत्र तयार पार्दै गर्दा सो अडान लिएका हुन् ।

पछिल्लो समय ओली निकटबाट एमालेका वरिष्ठ नेता नेपालविरुद्ध नाराबाजी तथा पुतला दहनका गतिविधि भइरहेको छ । यो कार्यको नेतृत्व एमालेको युवा सङ्गठन, तथा अन्य भातृ सङ्गठनहरू खुलेरै विरोधमा लागेका छन् । 

नेपाल पक्षको बैठकले पछिल्लो ओली र ओलीनिकट व्यक्तिबाट भइरहेको गतिविधिप्रति खेद प्रस्ताव पारित गरेको छ । साथै नेपाल –खनाल पक्षले पार्टी एकता कायम राख्न सबै जना जिम्मेवार हुनुपर्ने निर्णय गरेको थियो । बैठकमा नेपाल पक्षीय नेता भीम रावलको भने सहभागी थिएन । 

प्रतिक्रिया दिनुहोस्