एमाले नेता भीम रावलले दिए सांसद पदबाट राजीनामा


काठमाडौँ, ३ श्रावण । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन् । नेता रावलले पार्टी नेतृत्वको अविवेकी निर्णयप्रति असन्तुष्टि जनाउँदै संसद् पदबाट राजीनामा दिएका छन् । 

पार्टीलाई फुटबाट बचाउन हर प्रयास गरिरहेका नेता रावल अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । सभामुखलाई लेखिएको राजीनामा पत्रमा रावलले उच्च राजनीतिक तहमा देखिएको अनैतिक राजनीतिक गतिविधि जसलाई देश र जनविरोधीको संज्ञा दिँदै आफू त्यस्ता देश र जनविरोधी राजनीतिको मतियार नहुने बताएको छ । 

संसद् विघटनको विरुद्धमा विपक्षी गठबन्धनमा सामेल, तथा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने निवेदनमा हस्ताक्षर गरेका रावल नेपाल पक्षीय नेता मानिन्छन् । 

प्रतिक्रिया दिनुहोस्