खनालले अस्पतालबाटै भने ‘देउवालाई विश्वासको मत दिनुहोस्’


काठमाडौँ, ३ श्रावण । नेकपा एमालेका नेता झलनाथ खनालले अस्पतालको बेडबाटै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन आग्रह गरेका छन् ।भारतमा उपचार गराइरहेका खनालले एक विज्ञप्ति जारी गर्दै एमाले सांसदलाई कुनै अलमल नगरी देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिन आग्रह गरेका हुन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले अदालतको फैसलाको सम्मान गर्न पनि देउवा सरकारलाई विश्वासको मत दिनु पर्ने बताउँदै आफ्नो मत देउवालाई रहेको बताएका छन् । उनले विश्वासको मत दिएर अबको दुई वर्ष देउवालाई काम गर्ने अवसर दिनसमेत आग्रह गरेका छन् ।

देउवाले आजकै सांसदबाट विश्वासको मत दिने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया दिनुहोस्