एमाले अब रचनात्मक प्रतिपक्षमा रहने पार्टी अध्यक्ष ओलीको भनाइ


काठमाडौँ, १ श्रावण । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अब आफूहरू सक्रिय एवम् रचनात्मक प्रतिपक्षको भूमिकामा रहने बताएका छन् ।आज च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित स्थायी कमिटीको बैठकलाई संवोधन गर्दै अध्यक्ष ओलीले आफूलाई जनादेशबाट नभई परमादेशबाट हटाइएको भए पनि अब नेकपा एमाले सक्रिय रूपमा प्रतिपक्षको रूपमा रहने बताएका हुन् । 

आजको पार्टीको बैठकमा एमालेका दोस्रो तहका नेताहरूद्वारा २७ गते तयार पारिएको १० बुँदे सम्झौता, २८ गतेको सर्वोच्चको फैसला र पार्टीको आगामी सङ्घर्षका विषयमा छलफल हुने बताइएको छ । 

एमालेकै नेपाल –खनाल पक्षका २६ जना सांसदको सहयोगमा ओली नेतृत्वको सरकार हटाएर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएपछि नेकपा एमालेको पहिलो पटक स्थायी कमिटीको बैठक बसिरहेको हो । 

बैठक चलिरहेको बेलामा कार्यादलमा संलग्न नेताहरु पुगे पनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय अरु नेता भने अनुपस्थित रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्