तपेन्द्रजंग शाहीको अध्यक्षतामा नेपाल पक्षले गरे ‘अखिल फोर्स’को गठन


काठमाडौँ, १ श्रावण । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर युवाहरूले तपेन्द्रजंग शाहीको अध्यक्षता ‘अखिल फोर्स’को गठन गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरूले यूथ फोर्स ब्युँताएको केहीदिन पछि नेपाल निकट युवाहरूले पनि अखिल फोर्स गठन गरेका हुन् । फोर्स ५०१ सदस्यीय रहेको छ । 

बिहीबार काठमाडौँमा अखिल फोर्सको गठन गर्दै अनेरास्ववियू माधव पक्षका अध्यक्ष सुदेश पराजुलीले वरिष्ठ नेता माधव नेपाललाई आक्रमणको चेतावनी दिनेलाई अखिल फोर्सले प्रतिवाद गर्ने चेतावनी दिएका थिए । उनले प्रतिगमनको विरुद्धमा एक भएर अघि बढ्ने प्रतिबद्धता जायर गरेका थिए ।

विभाजनको सङ्घारमा पुगेको पार्टीलाई फुटबाट बचाएर एउटै सिङ्गो पार्टी बनाउन दोस्रो तहका नेताहरू लागिरहेको बेलामा गठन भएका यूथ फोर्स वा अखिल फोर्स जस्ता सङ्गठनको गठन र पुनर्गठनले पार्टी एकतालाई झन् कमजोर बनाउने जानकारहरू बताउँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्