साउन ३ गते प्रतिनिधि सभाको बैठक बोलाउन सरकारको सिफारिस


काठमाडौँ, ३१ असार । प्रतिनिधिसभाको बैठक आगामी साउन ३ गते बस्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पुनर्स्थापित प्रतिनिधि सभाको बैठक साउन ३ गतेका लागि बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

असार २८ सोमबार सर्वोच्चले संसद् पुनर्स्थापनाको फैसला गर्दै एक साताभित्र संसद् बैठक बोलाउन निर्देशन दिएको थियो ।                        

साथै मन्त्रीपरिषद्को आजकै बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद एक वर्ष थप गर्ने निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्