गृह मन्त्रालयले रोक्यो अघिल्लो सरकारले गरेको एआईजीहरूको सरुवा


काठमाडौँ, ३० असार । गृह मन्त्रालयले अघिल्लो सरकारले गरेको एआईजीहरूको सरुवा रोकेको छ । बालकृष्ण खाँड गृहमन्त्री बन्नसाथ ओली सरकारका पालामा गरिएको नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा रोकिएको हो । 

नयाँ सरकार गठन हुनसाथ अघिल्लो सरकारले गरेको सरुवा कार्यान्वयन नगर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ। मन्त्रालयले एआईजीहरूलाई पनि सरुवाको रमाना नलिन निर्देशन दिएको छ । असार २४ गते एआईजीहरूको सरुवा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्