ओलीले दिए वरिष्ठ नेता नेपाललाई गद्दारको संज्ञा


काठमाडौँ, ३० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई गद्दारको संज्ञा दिएका छन् । आज बालुवाटार छाडेर निजी निवास बालकोट पुगेका ओलीले समर्थकहरूलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपाललाई गद्दारको संज्ञा दिएका हुन् । 

यस अघि सिंहदरबारमै आयोजना गरेको पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा ओलीले नेता नेपाललाई प्रचण्डको पुच्छरको संज्ञा दिनसमेत पछि परेका थिएनन् । यसपालि पनि ओलीले नेपालकै कारणले आफूले सिंहदरबार छाड्नु परेको आरोप लाएका छन् । 

ओलीले संवोधन गरिरहँदा उनका समर्थकले भने नेपाललाई पार्टीबाटै निष्कासन गर्नु पर्ने माग गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्