नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारका १० प्राथमिकता


काठमाडौँ, ३० असार । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले आफ्ना प्राथमिकता निर्धारण गरेको छ ।

प्रधानमन्त्रीको शपथ खाएकै दिन मङ्गलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सरकारका विभिन्न १० वटा प्राथमिकताको निर्धारण गरेको सरकार प्रवक्ता एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

देउवा सकारले निर्धारण गरेका १० वटा प्राथमिकताहरूमा शान्ति सुव्यवस्था, आर्थिक समृद्धि, कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचार, कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रको शीघ्र पुनरुत्थान, विकास निर्माण कार्यमा तीव्रता, सार्वजनिक सेवाको प्रभावकारी वितरण, संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, विपद्को प्राथमिकताका साथ व्यवस्थापन र स्थानीय निर्वाचन रहेका छन् ।  

प्रतिक्रिया दिनुहोस्