नियुक्ति नसच्चाएसम्म देउवाले शपथ नलिने


काठमाडौँ, २९ असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नियुक्ति नसच्चाएसम्म प्रधानमन्त्री पदको शपथ नलिने बताएका छन् ।

राष्ट्रपति कार्यालयले संविधानको धारा उल्लेख नै नगरी प्रधानमन्त्रीमा नियुक्त गरे पछि नव नियुक्त प्रधानमन्त्री देउवाले उक्त त्रुटि नसच्याएसम्म शपथ नलिने बताएका हुन् । 

राष्ट्रपति कार्यालयले नियुक्ति सच्याएर संविधानको धारा ७६ (५) उल्लेख नगरेसम्म शपथ नलिने अडान लिएका छन् । राष्ट्रपति कार्यालयले साँझ ६ बजे शपथको तयारी गरेको भए पनि देउवा भने त्यहाँ पुगेका छैनन् । 

प्रतिक्रिया दिनुहोस्