‘अदालतलाई प्रभाव पार्ने गरी कुनै सहमति हुँदैन’ : माधव नेपाल


काठमाडौं, २७ असार । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतलाई प्रभाव पार्ने गरी कुनै पनि सहमति नहुने प्रष्ट पारेका छन् । पार्टी एकताको लागि दोश्रो तहका नेताहरू लागिरहेको, देउवालाई प्रधानमन्त्री नियुक्त गर्न अदालतमा बुझाइएको हस्ताक्षर फिर्ता नभएसम्म पार्टी एक हुननसक्ने प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिले हस्ताक्षर फिर्ता हुनसक्ने आंकलन् भइरहेको बेलबामा एमालेका वष्टि नेतासमेत रहेका नेपालले उक्त कुरा प्रष्ट पारेका हुन् । 

कार्यदलका सदस्यहरूसँग उनले प्रष्ट पार्दै भनेका थिए ‘अदालतलाई प्रभावित बनाउने गरी कुनै सहमति हुँदैन । हस्ताक्षर फिर्ता हुन सक्दैन । यो मेरो बटमलाइन हो ।’ फुटको सङ्घारमा पुगेको एमालेलाई बचाउने प्रयासमा दोस्रो पुस्ताका नेताहरू लागेका छन् । पार्टीलाई मिलाएर एक बनाउन कार्यदलको बैठक नियमित जसो बसिरहेको छ । 

पार्टी अध्यक्ष ओली र वरिष्ट नेता नेपालबिचको टकरावले पार्टी एक हुनेमा भनेमा भने अझैँ शंकै रहेको एमाले भित्रकै नेताहरूले बताउादै आएका छन् । केही भने अदालतको फैसला पछि पार्टी औपचारिक रुपमै विभाजन हुन्छ भन्ने अड्कल काड्नेको सङ्ख्या पनि कम छैन । 

प्रतिक्रिया दिनुहोस्