काठमाडौँ, २३ असार । अफ्रिकी राष्ट्र हाइटीका राष्ट्रपति जोभिनेल मोइजको हत्या भएको छ । उनको बुधवार बिहानै घरमै गोली हानेर हत्या भएको हो ।
उक्त घटनामा परी मोएसेकी श्रीमती पनि घाइते भएकी छन् । कार्यकाल सकिएपछि पनि उनी असंवैधानिक तरिकाले सत्तामा रहेको भन्दै सडकमा तीनसाल देखि निरन्तर रूपमा उनीविरुद्ध प्रदर्शन भइरहेका थियो ।
हाइटीको सरकारले राष्ट्रपति मोइजको हत्या भएको पुष्टि गरेको छ । हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउड जोसेफले राष्ट्रपति जोभिनेल मोइजलाई बुधवार आफ्नै कमाण्डोले आफ्नै घरमा हत्या गरेको बताएका छन् । (एएफपी)