काठमाडौँ, १६ असार । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी भङ्ग भएको छ । बुधवार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी भङ्ग गर्ने निर्णय गरेको हो ।
महाधिवेशन आयोजक कमिटी खारेजसँगै उक्त कमिटीले गरेका निर्णयहरू पनि अवैधानिक भएसँगै माधव नेपालसहित ११ जना नेतामाथि गरिएको कारबाही समेत निष्क्रिय भएको छ । पार्टी प्रवक्ता प्रदीप ज्ञवाली सर्वोच्च अदालतको पछिल्लो आदेश अनुसार सबै कारबाही निष्प्रभावी भएको बताएका छन् ।
स्थायी कमिटीको बैठकले नेकपा एकता पछि थपिएका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्तसहित चार जना र सर्वोच्चको फैसला पछि माओवादीतर्फ नगई एमालेमा समाहित भएका रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापासहित चार जना गरी ८ जनालाई स्थायी कमिटी सदस्य बनाएको छ ।