शिक्षा तथा स्वास्थ्य मन्त्री श्रेष्ठको राजीनामा माग


काठमाडौँ, १६ असार । पार्टीभित्रैबाट शिक्षा तथा स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामाको माग भएको छ । दसौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा नेकपा एमालेका गण्डकी प्रदेश अध्यक्ष जगत विश्वकर्माले मन्त्री श्रेष्ठको राजीनामा मागेका हुन् ।

पूर्व मन्त्रीसमेत रहेका विश्वकर्माले कमयुनिष्ट पार्टीको नेता त्यसमा पनि देशको मन्त्रीजस्तो मानिसले जातीय विभेदको आरोप लागेको मान्छेलाई छुटाउन पुग्नु अशोभनीय भएको भन्दै राजीनामा दिनुपर्ने माग गरेका थिए । जातीय विवेधको आरोपमा पक्राउ परेकी सरस्वती प्रधानलाई लिन सरकारी गाडी लिएर मन्त्री श्रेष्ठ प्रहरी वृत्तमा पुगेका थिए ।

यो विषयलाई लिएर उनको सर्वत्र विरोध भइरहेको बेलामा पार्टीभित्रैबाट पनि उनको आलोचना भएको छ । बैठकमा अरू नेताले पनि मन्त्री श्रेष्ठको आलोचना गरेको बताइएको छ । 

यस अघि नै प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत गलत कार्य गरेको भन्दै अब आइन्दा यस्तो काम नगर्न भन्दै मन्त्री श्रेष्ठलाई सचेत गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्