प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका कुरा रेकर्ड गरेर राख्न माधव नेपालको आग्रह


काठमाडौँ, १५ असार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका कुरा रेकर्ड गरेर राख्न माधव नेपालको आग्रह गरेका छन् ।

सोमवार नयाँबानेश्वरमा आयोजित पेसागत क्षेत्रका बुद्धिजीवीसँगको छलफलमा पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले यस्तो बताएका हुन् ।राम्रो सिस्टम बसाएर मात्र नहुने बताउँदै त्यसलाई सञ्चालन गर्ने संस्कार भएको असल नेता चाहिने बताएका थिए । अहिले नेपालमा त्यस्तो संस्कारका नेताको खडेरी लागेको पनि उनको आसय रहेको थियो ।  

सोमबार ७० औँ मदन भण्डारी जन्म जयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल कम्युनिस्ट आन्दोलन समाप्त पार्ने दाउमा रहेको बताउँदै नेपाललाई अराजक। अनुशासनहीन नेताको रूपमा चित्रित गरेका थिए । साथै ओलीले नेपालले मलाई प्रधानमन्त्रीको प्रस्ताव आयो भन्दै हिँड्ने गरेको तर नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव राख्न आफूलाई बहुला कुकुरले नटोकेकोसमेत प्रतिक्रिया दिएका थिए । 

ओलीको उक्त टिप्पणीप्रति लक्षित गर्दै नेपालले ‘ओलीजीले मलाई बहुला कुकुरले टोकेको छ र’ भन्नु भएछ प्रधानमन्त्रीको कुरा रेकर्ड गरेर राख्नुपर्छ । उहाँले हिजो आज गरेका कुरा रेकर्ड गरेर राख्नुस् । म पनि खोज्दछु । उहाँले धेरै राम्रा कुरा बोल्नु भएको छ ।’

नेपालले पार्टीको अध्यक्ष त्यसमा पनि देशमै प्रधानमन्त्रीलाई सोभा नदिने भाषा बोलेकोमा दुःख व्यक्त गर्दै पानीको मुहान सफा भएमा मात्र सफा पानी आउने भन्दै कटाक्ष गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्