काठमाडौँ, १३ असार । नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले महाधिवेशन आयोजक कमिटी बैठक बोलाएका छन् । प्रधानमन्त्रीसमेत रहेका ओलीले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका हुन् ।
आज ओली पक्षीय स्थायी समिति बैठकले असार १६ गते महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । एमालेको नेपाल – खनाल पक्षले एकताका लागि २०७५ जेठ २ को अवस्थामा पार्टी कमिटीको बैठक बोलाउनु पर्ने माग गरिरहेका बेला ओलीले भने त्यसलाई बेवास्ता गर्दै आएका छन् ।
यसअघि सर्वोच्च अदालतले गत जेठ २७ गते कर्णाली प्रदेशका बर्खास्त एमालेका ४ सांसदलाई पुनर्बहाली गर्दै एमालेको आयोजक कमिटीले गरेको निर्णयलाई मान्यता नदिएपछि यो समितिको वैधानिकता माथि नै प्रश्न उठिरहेको बेलामा ओलीले भने सर्वोच्चको आदेशलाई समेत बेवास्ता गर्दै १६ गतेका लागि बैठक बोलाएका हुन् ।