ताजा जनादेशको विकल्प नभएको गृहमन्त्री पौडेलको भनाइ


रुपन्देही, १२ असार । गृह तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ताजा जनादेशको विकल्प नभएको बताएका छन् । 

गृह जिल्ला रुपन्देहीको बुटवल पुगेका गृह तथा अर्थमन्त्री पौडेलले जनादेशको विकल्प नभएको, ताजा जनादेशले मात्र मुलुकलाई निकास दिने बताएका हुन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत नपाएको र अन्य दलले पनि वैकल्पिक सरकार दिन नसक्दा प्रतिनिधिसभा विघटन गर्नुपरेको जिकिर गर्दै मन्त्री पौडेलले लोकतन्त्रमा चुनाव नै एउटा निर्विकल्प विधि भएको बताए । 

साथै मन्त्री पौडेलले निर्वाचन अगाडि सबै नेपालीलाई खोप उपलब्ध गराउने दाबी गरेका छन् । उनले सरकार नेपाली जनताले आगामी चुनावमा माक्स फुकालेर जाने वातावरण बनाउँदै गरेको बताए । 

प्रतिक्रिया दिनुहोस्