काठमाडौँ, ६ असार । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षलाई पत्र पठाएर १५ दिनभित्र लिखित जवाफ पेस गर्न समय दिएको छ ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आइतबार बसेको आयोगको बैठकले १५ दिनभित्र महन्थ पक्षलाई दाबीको प्रतिलिपिसहित जवाफ पेस गर्न सूचना दिने निर्णय गरेको बताएका छन् । अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले शुक्रवार बहुमत कार्यकारिणी समितिका सदस्यको हस्ताक्षरसहित पार्टीको आधिकारिकता दाबी गरेपछि आयोगले अर्को पक्षलाई यो मौका दिएको हो ।
महन्थ पक्षले यस अघि नै २० जना नयाँ कार्यकारिणी समितिमा नयाँ सदस्य थपेर आयोगमा अद्यावधिक गर्न निवेदन दिएको थियो ।