गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलको पक्षमा ३१ विपक्षमा २७ मत


पोखरा, ४ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलको पक्षमा ३१ मत खस्दा उनको विपक्षमा २७ मत खसेको छ । यो सँगै उनले विश्वासको मत पाएका छन् ।

शुक्रवार प्रदेश सभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा ५८ मध्ये ३१ जना सांसदले उनको पक्षमा मतदान गरेका हुन् । 

विपक्षी गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेको पोखरेललाई नेपाली काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थन रहेको छ । 

५९ सदस्यीय प्रदेशसभामा एमालेको २७, नेपाली काँग्रेसको १५, माओवादी केन्द्रको सभामुखसहित १२, राष्ट्रिय जनमोर्चाको २ र जनता समाजवादी पार्टीको २ मत रहेको छ । 

प्रतिक्रिया दिनुहोस्