गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा नियुक्त भएको एक सातामै विश्वासको मत लिने तयारी


पोखरा, २ असार । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले शुक्रवार नै विश्वासको मत लिने भएका छन् । 

सरकार गठन भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने कानुनी भए पनि उनले नियुक्त भएको सात दिनमै विश्वासको मत लिन लागेका हुन् । 

सरकारका प्रवक्ता कुमार खड्काले मुख्यमन्त्री पोखरेलले असार ४ गते शुक्रवार विश्वासको मत लिने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भइसकेको बताए । उनले विश्वासको मत लिएपछि मात्र मुख्यमन्त्री मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेको पनि बताएका छन् । 

जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेललाई नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एक स्वतन्त्र सांसदको समर्थनमा रहेको छ । काँग्रेस र माओवादीलाई ४–४, जनता समाजवादीलाई २ र एक स्वतन्त्र गरी प्रदेशका ११ मन्त्रालय बाँडफाँट हुने तयारी रहेको बुझिएको छ । 

प्रतिक्रिया दिनुहोस्