काठमाडौँ, १ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको स्थायी कमिटी बैठक बोलाउने भएका छन् ।
नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले वरिष्ठ नेता माधव नेपाल समूहसहितको स्थायी कमिटीको बैठक बोलाउने तयारी गरेका छन् ।
नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवाली खनाल–नेपाल समूहका नेताहरू पनि सहभागी हुने गरी स्थायी कमिटीको बैठक बोलाउने गरी छलफलहरू भइरहेको बत्ताउँछन् ।
प्रवक्ता ज्ञवालीले छिट्टै बैठक बोलाउने तयारी भइरहेको बताए पनि मिति भने तय भैनसकेको बताएका छन् । प्रधानमन्त्री ओलीले जेठ २३ गते प्रस्तुत गरेको पार्टी एकताका लागि छ बुँदे प्रस्तावको वरिपरि रहेर छलफल भइरहेको ज्ञवालीले बताए पनि माधव नेपाल पक्षले भने ओलीको प्रस्तावका आधार पार्टी एकता हुननसक्ने बताइसकेको छन् ।
स्थायी कमिटी बैठकमा रामबहादुर थापा ’बादल’ सहित पूर्वमाओवादीबाट आएका स्थायी कमिटी सदस्य पनि सहभागी हुने बताइएको छ । तर ओलीले बोलाएको स्थायी कमिटी बैठकमा नेपाल–खनाल पक्षका नेताहरू सहभागी हुने नहुने यकिन भने भई नसकेको बताइएको छ ।