गण्डकी प्रदेशमा विपक्षी गठबन्धनको सरकार बन्यो : मुख्यमन्त्रीमा पोखरेल नियुक्त


पोखरा, २९ जेठ । गण्डकी प्रदेशमा विपक्षी गठबन्धनको सरकार बनेको छ । मुख्यमन्त्रीमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् ।

 प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई नियुक्त गरेकी हुन् ।शुक्रवार नै ३१ जना सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धनले मुख्यमन्त्रीमा दाबी पेस गरेको यो । तर प्रदेश प्रमुखले प्रक्रिया पुरा भएर पनि मुख्यमन्त्रीमा नियुक्त नगरेको भन्दै प्रतिपक्षी गठबन्धन प्रदेश प्रमुखको निवास अघि धर्नामा बसेका थिए । 

उता विश्वासको मत पुर्‍याउन नसकेका पृथ्वी सुब्बा गुरुङले पनि जनमोर्चाका सांसद कृष्ण थापा र जसपा महन्थ ठाकुर पक्षको पत्र लिएर मुख्यमन्त्रीमा दाबी गरेको भनिए पनि प्रदेश प्रमुख कार्यालयले भने एउटा मात्र दाबी परेको बताएको छ । 

प्रतिक्रिया दिनुहोस्