आज काँग्रेसको पदाधिकारी बैठक बस्दै : बैठकले महाधिवेशनबारे निर्णय लिने


काठमाडौँ, २९ जेठ । आज (शनिवार) प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पदाधिकारी बैठकको आह्वान गरेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक दिउसो २ बजेका लागि बोलाएका हुन् । 

दिउसो २ बजे देउवा निवास बुढानीलकण्ठमा बोलाइएको बैठकमा आसन्न १४ औँ महाधिवेशनको विषयमा छलफल हुने बताइएको छ ।कोरोनाका कारण काँग्रेसको १४ औँ महाधिवेशन प्रभावित भइरहेको छ ।

संवैधानिक व्यवस्था अनुसार आगामी भदौसम्ममा पार्टीको महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने हुन्छ । तर कोरोना महामारीका कारण कार्य तालिका प्रभावित हुने देखिएपछि सोही विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाइएको नेपाली काँग्रेसले जनाएको छ ।महाधिवेशनका लागि अहिलेसम्म क्रियाशील सदस्यताको टुङ्गोसमेत लाग्न सकेको छैन ।

नेपाली काँग्रेसका क्रियाशील सदस्यको विवरणसमेत प्रकाशित हुन नसकेको अवस्थामा बोलाइएको पदाधिकारी बैठकले एउटा ठोस निर्णय लिने आसा गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्