गण्डकी प्रदेशमा विपक्षी गठबन्धनद्वारा नयाँ सरकारका लागि दाबी प्रस्तुत


काठमाडौँ, २८ जेठ । गण्डकी प्रदेशका नयाँ सरकार निर्माणका विपक्षी गठबन्धनले बहुमतसहित दाबी प्रस्तुत गरेको छ । 

मुख्यमन्त्री पृब्वीसुब्बा गुरुङले विश्वासको मत पाउन नसके पछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ उपधारा ५ अनुसार सरकारको दाबी गर्न आह्वान गरेसँगै नयाँ सरकार गठनको लागि आह्वान गरेकी थिइन । 

२४ घण्टाको समय सीमा दिइए भए पनि आजै विपक्षी गठबन्धनले भने आजै प्रक्रिया पुरा गरेर सरकारको दाबी प्रस्तुत गरेका छन् । विपक्षी गठबन्धनका ३१ जना सांसद रहेका छन् । काँग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ सांसद र स्वतन्त्र सांसद दीपक मनाङे रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्