राज्यमन्त्री ओझा कोरोना संक्रमित


सुन्दरहरैचा, २८ जेठ । उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझा कोरोना संक्रमित भएका छन् । राज्यमन्त्री ओझाको सचिवालयले सामाजिक सञ्जाल मार्फत सो कुरा जानकारी गराएको हो ।

प्रदेश सभा सचिवालय विराटनगरमा गरिएको परीक्षणमा राज्यमन्त्री ओझाको कोरोना पोजेटिभ भएको स्वकीय  सचिव मिलन घिमिरेले जनाए । घिमिरेका अनुसार हाल राज्यमन्त्री ओझा होम आइसोलेसनमा नै छन् । 

राज्यमन्त्री ओझासँगै अंगरक्षक मनोज खत्री र परिवारका सदस्य दुई जना पनि संक्रमित भएका छन् । 

प्रतिक्रिया दिनुहोस्