‘ओलीले कम्यनिष्ट शब्दकै बदनाम गराए’ : डा. बाबुराम भट्टराई


काठमाडौँ, २६ जेठ । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट शब्दकै बदनाम गराएको बताएका छन् । 

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता डां भट्टराई वर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रतिगामी कदमले कम्युनिस्ट भन्ने शब्दावलीकै बदनाम गराइसकेको आरोप लाएका हुन् ।

 डां भट्टराई लेख्छन् ‘ओलीले कम्युनिस्ट’ पदावलीलाई नै बदनाम गराइसकेको अवस्थामा फेरि अर्को ‘असली कम्युनिस्ट’ को कुरा गर्नु ‘बरमझियाको असली बाजेको पेडा’ हुन सक्छ ।’ उनले प्रधानमन्त्री ओलीको कदमले नयाँ राजनीतिक ध्रुवीकरण गराउने सम्भावना बढेर गएको पनि बताएका छन् ।

ओलीको पछिल्लो कदमलाई प्रतिगमनको संज्ञा र त्यसको विरोधमा निस्किएको संयुक्त सङ्घर्षलाई नयाँ राजनीतिक शक्तिका रूपमा परिभाषित गर्दै उनी कुनै पनि सङ्कटले नयाँ सम्भावना ल्याउने विचार छन् ।  अब नयाँ ढंगबाट सोच्ने बेला आएको उनको ठहर रहेको छ । साथै भट्टराईको विचारमा अब देशमा नयाँ शक्तिको खाँचो रहेको छ ।    

प्रतिक्रिया दिनुहोस्