मुख्यमन्त्री भट्टको विपक्षमा मतदान गर्न एमालेको निर्देशन


धनगढी, २५ जेठ । आज (मङ्गलवार) सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिदैछन । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न निर्देशन दिएको हो ।

 जेठ १० गते बसेको नेकपा एमालेको स्थायी कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपनि प्रदेश संसदीय दलको जेठ १२ गते बसेको बैठकले पार्टीको निर्देशनको अवज्ञा गर्दै तत्काल सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको थियो ।

प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीले बिहान ९ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम रहेको बताए । सुदूरपश्चिम प्रदेशसभा ५२ सदस्सीय रहेको छ । जसमा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न २७ मत आवश्यक पर्छ ।

मुख्यमन्त्री भट्टलाई काँग्रेसले समर्थन गर्ने भए पछि जसपाका वा नेकपा एमाले माधव नेपाल पक्षका दुई मतको अवश्यक पर्न जान्छ । जबकि माओवादी केन्द्रका १३ र काँग्रेसका १२ सांसद रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्