काठमाडौं, २४ जेठ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि प्रस्तुत गरेको ६ बुँदे प्रस्तावमा साझा धारणा बाउन यतिखेर नेपाल खनाल पक्ष जुटिरहेको छ ।
प्रधानमन्त्रीसमेत रहेका ओलीले हिजो राती पार्टी एकताका लागि नयाँ प्रस्ताव अघि सारे पछि उनीहरू साझा धारण बनाउन छलफलमा जुटेका हुन् ।
ओलीले सशर्त रूपमा मात्र २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्कन सकिने बताएका थिए । बैठक बसेर साझा धारणा सार्वजनिक गर्ने तयारी खनाल–नेपाल समूहको छ । ओलीले पूर्व माओवादीका रामबहादुर थापासहितको स्थायी कमिटी र प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा दायर गरेको रिट फिर्ता लिनु पर्नेलगायतका ६ बुँदे प्रस्ताव नेपाल–खनाल पक्षलाई राखेका छन् ।
आधिकारिक धारण बन्न बाँकी भएको भए पनि नेपाल खनाल पक्षका अधिकांश नेताहरूले भने यसलाई ओलीको चालका रूपमा लिएका छन् ।