विराटनगर, २३ जेठ । माओवादी केन्द्रले प्रदेश–१ सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्र प्रदेश–१ सभाको संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए ।
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र सचिवालयका दर्ता गराएको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिएका छन् ।
समर्थन फिर्ताको पत्रमा मुख्यमन्त्री शेरधन राई संसद् र संसदीय मूल्य मान्यताप्रति अनुत्तरदायी भएको, सरकार सञ्चालनमा पूर्णरुपमा असफल, कोभिड नियन्त्रण, रोकथाम र उपचारका साथै सुशासन कायम गर्न नसकेकोले कारण उल्लेख गरिएको छ ।
सर्वोच्चको फैसलाले नेकपालाई पूर्ववत रुपमै फर्किन वाध्यपारे पछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भने पनि औपचारिक रूपमा भने समर्थन फिर्ता लिएको थिएन ।