राजेन्द्र महतोको अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना : प्रधानमन्त्री भने मौन


काठमाडौँ, २३ जेठ । नव नियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना भइरहेको छ । संविधानको मर्म विपरीत काम गर्ने छैन भनेर शपथ ग्रहण गरेको केही समय नबित्दै उनले दिएको बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूहरूले अहिले पनि सञ्चालन गरिरहेको भन्ने अभिव्यक्तिप्रति चौतर्फी रूपमा विरोध भइरहेको हो । 

उनको अभिव्यक्तिको प्रतिपक्षी दलहरूले सामूहिक रूपमा विरोध गरिसकेका छन् । उनको अभिव्यक्तिका विरोध गर्दै नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले महतोको अभिव्यक्ति नेपाललाई विखण्डन खालको भएको प्रतिक्रिया दिँदै नेपाललाई विखण्डन गर्ने आन्दोलन कुनै पनि देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन नसक्ने बताएका छन् । 

महतोको अभिव्यक्तिलाई लिएर उता नेकपा एमाले भित्र पनि खैलाबैला मच्चिएको छ । नेकपा एमाले माधव नेपाल पक्षका नेताले ओलीको धारण माग गरिरहेका छन् । तर प्रधानमन्त्री ओली भने यसबारेमा केही बोलेका छैनन् । राष्ट्रियताको पक्षमा कडा अडान लिँदै आएका ओलीसमेत मौन बस्नुलाई जनताले अनौठो रूपमा लिएका छन् । यस कार्यलाई सत्ताको अघि ओलीसमेत लाचार भएको हुनसक्ने आङ्कलन गर्न थालिएको छ । 

सवैतिर विरोध भए पछि नवनियुक्त उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री राजेन्द्र महतोले आफू राष्ट्रिय एकता र अखण्डताप्रति पूर्ण प्रतिबद्ध रहेको बताए पनि जनता भने विश्वस्त हुन सकेका छैनन् । 

प्रतिक्रिया दिनुहोस्