काठमाडौँ, २२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई व्यापक हेरफेर गरेका छन् । पुनर्गठित मन्त्रिपरिषदमा तीन जना उपप्रधानमन्त्रीसहित १२ मन्त्री र दुई जना राज्यमन्त्री रहेका छन् ।
अघिल्लो मन्त्रिपरिषदमा भएका अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङ बाहेक सबै मन्त्री बाहिरिइएका थिए भने तिनका ठाउँमा एमालेबाट केही नयाँ र अरू सबै जसपाका नेताले स्थान पाएका छन् ।
शुक्रवार नै राष्ट्रपति कार्यालयले नयाँ मन्त्रीहरूलाई शपथसमेत खुवाइसकेको छ ।
यस्तो छ मन्त्रिपरिषद्को कार्यविभाजन :