काँग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी हुँदै : दुई मन्त्रालय पाउने पक्का


सुर्खेत, २० जेठ । नेपाली काँग्रेस दुई वटा मन्त्रालयका साथ कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ । काँग्रेस सामाजिक विकास र जलस्रोत गरी दुई मन्त्रालय लिएर सरकारमा जाने तयारी भएको काँग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले बताए ।

संसदीय दलका नेता शाही ‘काँग्रेस सरकारमा जाने पक्का हो, सरकारमा क–कसलाई पठाउने भनेर अन्तिम छलफल भइरहेको बताउँछन् ।

कर्णाली सरकारमा अहिले माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित तीन जना र एमालेको नेपाल समूहका तीन जना मन्त्री छन् । अब काँग्रेसका दुई जना थपिदा मन्त्रिपरिषद् आठ सदस्सीय हुनेछ । 

प्रतिक्रिया दिनुहोस्