पार्टी निर्देशन नमान्ने थापालाई सांसदबाट पनि हटाइयो


पोखरा, २० जेठ । पार्टीको निर्देशन नमान्ने राष्ट्रिय जनमोर्चाका प्रदेश सभा सदस्य कृष्ण थापालाई पार्टीले सांसद पदबाट हटाएको छ । राजमोको केन्द्रीय कमिटीको बैठकले थापालाई सांसद पदबाट निष्कासन गर्दै सो जानकारी प्रदेशसभा सचिवालयमा दिइएको छ ।

प्रदेशसभा सचिवालयले सांसद थापालाई सांसदबाट हटाइएको पत्र संसद् सचिवालयमा प्राप्त भएको पुस्टी गरेको छ । प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले राजमोका केन्द्रीय महासचिव मनोज भट्ट र प्रदेशसभाअन्तर्गत राजमोकी सचेतक पियारी थापाले उनलाई सांसद पदबाट हटाइएको पत्र सचिवालयमा बुझाएको जानकारी दिएका छन् । 

थापालाई राजमोले यसभन्दा अघि नै पार्टीको साधारण सदस्यबाट हटाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्