नेपाल पक्षले बोलाएको बैठकमा सहभागी नहुन ओली पक्षको निर्देशन


काठमाडौँ, २० जेठ । नेकपा एमालेको संस्थापन पक्षले नेपाल पक्षले बोलाएको बैठकमा सहभागी नहुन आफ्ना पार्टीका नेताहरूलाई निर्देशन दिएको छ ।

ओली पक्षले बोलाएकै दिन नेपाल पक्षले पनि आजै केन्द्रीय कमिटीको बैठक बोलाएकोले संस्थापन पक्षबाट उक्त निर्देशन आएको हो । संस्थापन पक्षका तर्फबाट सचिव शेरबहादुर तामाङले आज विज्ञप्ति निकालेर पार्टीले कारबाही गरेका अनधिकृत व्यक्तिले बोलाएको भनिएको एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन निर्देशन दिएका  छन् ।

पार्टीको ओली पक्षको हालै बसेको स्थायी कमिटी बैले माधव नेपाल र झालनाथ खनालसहित ११ नेतालाई पार्टीबाट निष्कासन गरिसकेको छ ।ओली पक्षले दिउसो ४ बजेलाई बैठक डाकेको छ भने नेपाल पक्षले भने बिहान ११ बजे भर्चुअल रूपमा केन्द्रीय कमिटीको बैठक राखेका छन् ।

फुटको सङ्घारमा पुगेको नेकपा एमालेले जोगाउन एमालेका दोस्रो तहका नेताहरू लागिरहेका भए पनि पहिलो तहका केही नेताको अहमले गर्दा पार्टीलाई फुटबाट जोगाउन कठिन भइरहेको जानकारहरू बताउँछन् । नेपाल र खनाल विनाको पार्टी एकताको कुरा पनि चलिरहेको ले कुनै चमत्कार नभएमा नेकपा एमालेलाई फुटबाट बचाउन कठिन देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्