काठमाडौं, १८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीलाई काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले समस्या ‘कालो कोट’मा नभएर ‘कालो सोच’मा रहेको जवाफ दिएका छन् । प्रधानमन्त्रीले संसद् विघटनसम्बन्धी मुद्दाको बहसमा सहभागी विपक्षी वकिलको विषयलाई लिएर आलोचना गरेपछि प्रवक्ता शर्माले त्यस्तो जवाफ दिएका हुन् ।
सोमबार प्रधानमन्त्री ओलीले युवा सङ्घको भर्चुअल बैठकमा बोल्दै ‘कालो कोटधारी’हरूले अराजक भएर सडकमा ताण्डव मच्चाएको आरोप लगाएका थिए ।
यसैको प्रतिवाद गर्दै काँग्रेस प्रवक्ता शर्माले समस्या कालो कोटमा नभएर कालो सोचमा रहेको टिप्पणी गरेका हुन् ।
उनले लेखेका छन्, ‘अरू बोले अराजक अभिव्यक्ति,आफू बोले अभिव्यक्ति स्वतन्त्रता ? प्रधानन्यायाधीशहरू आउटडेटेड अनि आफ्नो आउटडेटेड राजनैतिक दर्शन चैँ दिव्य ज्ञान ?’