काठमाडौँ, १७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले वर्तमान सरकारले ल्याएको बजेटले जनतालाई राहत नदिएको निष्कर्ष निकालेका छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर नेपाली काँग्रेसले अध्यादेशबाट आएको बजेटले जनतामा उत्साह जगाउन नसकेको बताएको हो ।
काँग्रेसले बजेटले वर्तमानमा राहत दिनेभन्दा पनि राज्यलाई दीर्घकालीन रूपमा दायित्व थपिएको, देशलाई अतिरिक्त ऋणभार सिर्जना गरेको भन्दै आलोचना गरेको हो । उसले साढे ६ प्रतिशतले बजेट विस्तार हुन नसक्ने निष्कर्ष पनि निकालेको छ ।पत्रकारसम्मेलनपछि बोल्दै काँग्रेस नेता मीनेन्द्र रिजालले सरकारले देशलाई अँध्यारो सुरुङतिर धकेल्ने काम गरेको पनि आरोप लाएका छन् ।
‘आजको दिनमा पनि हामीलाई विश्वास छ– संविधानको धारा ७६ (५) अनुसार हामीले प्रस्ताव गरेका शेरबहादुर देउवा प्रधानमन्त्री बन्नु हुनेछ । हिजो पञ्चायतकालमा पनि अदालतमाथि विश्वास थियो । अघिल्लो पटक विघटन हुँदा अदालतले संसद् पुनःस्थापना भयो’, उनले भने ।