बाँके, १७ जेठ । नेपालगन्ज उपमहानगरपालिका मेयर धवल शमशेर राणाले लुम्बिनी प्रदेशअन्तर्गत आज भइरहेको राष्ट्रिय सभा उपनिर्वाचन बहिष्कार गरेका छन् ।
देश कोरोनाले आक्रान्त भइरहेका बेला चुनाव आफ्नो प्राथमिकता नभएको भन्दै मेयर राणाले मतदान बहिस्कार गर्ने निर्णय गरेका हुन् ।मेयर राणाले सामाजिक सञ्जालमा लेखेका छन् ‘लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्यको उपचुनाव मेरो प्राथमिकतामा परेन । अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकाले काँग्रेस, एमाले र माओवादीको यो अवस्थामा भइरहेको जुधाइलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु ।’
राणा राप्रपाबाट निर्वाचित मेयर हुन् ।
आज भइरहेको उपनिर्वाचनमा एमालेबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका दृगनारायण पाण्डेय चुनावी मैदानमा छन् ।