काठमाडौं, १६ जेठ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८–७९ को बजेट कार्यान्वयन गरेरै देखाउने दाबी गरेका छन् ।आज बजेटबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले सो कुरा बताएका बताएका हुन् ।
प्रतिपक्षी दलहरूले कामचलाउ सरकारले पूर्ण प्रकृतिको बजेट ल्याउन नहुने भनेर त्यसको विरोध गरिरहेको परिप्रेक्षमा पूर्ण बजेट ल्याउन पाइँदैन भन्नु तर्कसंगत नभएको उनले जिकिर गरेका छन् ।
अर्थमन्त्री पौडेलले प्रतिनिधिसभा विघटन भएकोले बाध्यकारी अवस्थामा अध्यादेशमार्फत बजेट ल्याइएको, बजेट संविधान मुताबिक नै ल्याइएको पनि स्पष्ट पारेका छन् । कोभिड–१९ को महामारीबिच ल्याइएको बजेटले आर्थिक पुनरुत्थान र आर्थिक समृद्धिमै केन्द्रित भएकाले कार्यान्वयनमा कुनै दुबिधा नहुने बताएका छन् । .
उनले बजेट कार्यान्वयनमा जोड दिने, भोलिबाटै मन्त्रालयका विभिन्न कार्यक्रमलाई अघि बढाउनेसमेत बताए ।