उत्कर्षमा पुग्दै जसपा भित्रको विवाद : एकले अर्कोलाई स्पष्टीकरण सोध्दै


काठमाडौँ, १६ जेठ । जनता समाजवादी पार्टीको विवाद उत्कर्षमा पुगेको छ । दुवै पक्षले एकले अर्कालाई २४ घण्टे स्पष्टीकरण पठाए पछि यो विवादले उत्कर्ष रूप लिएको हो । 

यसअघि जेठ ११ गते दुवै पक्षले एकले अर्को पक्षलाई तीन तीन दिनको स्पष्टीकरण सोधेका थिए । तर यसरी सोधिएको स्पष्टीकरणमा भने दुवै पक्षले जवाफ भने पठाएका छैनन् । पहिलो पटक सोधिएको स्पष्टीकरणमा पनि दुवै पक्षका नेताले जवाफ पठाएनन् । 

दुवै पक्षले एकले अर्कालाई पटक पटक स्पष्टीकरण सोध्दै आएका छन् । स्पष्टीकरण सोधेको यो दोस्रो पटक हो ।

जनता समाजवादी पाटी भित्रका महन्थ ठाकुर र राजेन्द्र महतो खेमाले वर्तमान प्रधानमन्त्री ओलीको कदमलाई समर्थन गर्दै आएको छ उपेन्द्र यादव र डां भट्टराई खेमाले यसको विरोध गर्दै प्रतिपक्षी खेमाका प्रधानमन्त्रीका दावेदार देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका छन् । जसपाको ५१ सदस्सीय कार्यकारिणी सभामा भने उपेन्द्र यादव र भट्टराई पक्षको बहुमत अर्थात् ३० जना सदस्य रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्