सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले वृद्धि : जेष्ठ नागरिक निक्कै खुसी


काठमाडौँ, १५ जेठ । सरकारले सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले वृद्धि गरेको छ । शनिवार सिंहदरवारमा आर्थिक वर्ष २०७८\७९ को बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेले सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतले वृद्धि गरेको बताएका हुन् । 

यससँगै मासिक ३ हजार बृद्धभत्ता पाउँदै गरेका ज्येष्ठ नागरिकले अव ४ हजार पाउने छन् । सामाजिक सुरक्षा शीर्षकमा सरकारले १ खर्ब बजेट विनियोजन गरेको छ । सामाजिक सुरक्षा भत्ताको वृद्धिले ज्येष्ठ नागरिकलाई खुसी बनाएको छ । 

प्रतिक्रिया दिनुहोस्