‘प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक र अलोकतान्त्रिक कदम हो’ : सभामुख सापकोटा


काठमाडौँ, ८ जेठ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएको बताएका छन् ।

 आज एक वक्तव्य जारी गर्दै सभामुख सापकोटाले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको संसद् विगठनको निर्णय संवैधानिक र अलोकतान्त्रिक भएको बताएका हुन् । 

साथै सभामुख सापकोटाले संसद् विगठनको निर्णय सर्वोच्च अदालतको संवैधानिक इजलासको गएको फागुन ११ गतेको फैसलाको विपरीत भएको बताएका छन् । ‘फैसलामा ‘अन्य विकल्प हुँदाहुँदै कसैको इच्छा वा आत्मनिष्ट रूपमा देखेको आवश्यकताका आधारमा आवधिक चुनाव बाहेकको अवस्थामा जनतालाई समेत आर्थिक दायित्व पर्ने गरी प्रतिनिधिसभा विघटन गरिनु संविधानको मर्म र उद्देश्य नहुँदा त्यस्तो कार्य संविधानसम्मत हुँदैन’ भनेको स्मरणसमेत गराएका छन् ।  

उनले संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठनका लागि वस्तुगत आधार पेस भइसकेको अवस्थामा प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदारहँदै सार्वभौम प्रतिनिधि सभा विघटनको निष्कर्षमा पुग्नु कदापि स्वाभाविक र संवैधानिक कदम मान्न सकिने अवस्था रहँदैन

भनेका छन् ।सभामुख सापकोटाले आजै राजनैतिक पार्टीका नेता तथा कानुनविद्हरूसँग छलफल गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस्