प्रधानमन्त्री ओली र नेपालबिच भेटवार्ता हुँदै



काठमाडौँ, ३० वैशाख । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबिच भेटवार्ता सुरु भएको छ । 

विकसित परिस्थितिका बारेमा छलफल गरेर एउटा निश्कर्षमा पुग्नका लागि ओली र नेपालबिच भेटवार्ता तय भएको हो ।  

बिहीबार बिहान बसेको एमाले स्थायी कमिटीको बैठकले नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरिएको निलम्बनको कारबाही फिर्ता लिने निर्णय गरेको थियो ।

बिहीबार बिहान अध्यक्ष ओलीले नेपाललाई फोन गरेर भेटका लागि प्रस्ताव गरेका थिए ।
ओली र नेपालविचको यो भेटवार्तालाई महत्वकासाथ हेरिएको छ । 

प्रतिक्रिया दिनुहोस्