अनुगमनमा तिव्रता गर्दै सुन्दररहैँचा नगरपालिका



सुन्दरहरैँचा, २४ वैशाख । कोरोना महामारीको समयमासमेत अखाद्य वस्तु बेच्ने, खाद्य सामग्रीमा कालोबजारी गर्ने क्रम बढ्दै जान थालेपछि सुन्दरहरैंचा नगरपालिकाले त्यसको अनुगमनमा तीव्रता दिन थालेको छ ।   


महामारीको बेलामा अखाद्य वस्तु बेच्ने, खाद्य सामग्रीमा कालोबजारी गर्ने क्रम बढेको जनगुनासो आए पछि नगरपालिकाले त्यसको अनुगमन गर्न थालिएको बताएको छ ।     

दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव गर्ने कार्य बढेको भन्ने सूचनाका आधारमा बजार अनुगमन थालिएको सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङले बताइन् । यस्तो महामारीको समयमासमेत मानवीय धर्म भुलेर कालाबजारी गर्नेलाई कडाभन्दा कडा कारबाही गर्नेसमेत उपप्रमुख तामाङले बताइन् । 

प्रतिक्रिया दिनुहोस्