मेयरले आफू चढ्ने गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्न दिए



बराहक्षेत्र, २३ वैशाख । एम्बुलेन्सको अभावमा विरामीले ठूलो सास्ती खेप्नु परेको,  कतिपय ठाउँमा त सवारीसाधनका अभावमा अस्पताल पुग्न नपाएर बिरामीले मृत्यु वरणसमेत गर्नु परेका गुनासाहरू आइरहेको बेलामा कोरोना महामारी नियन्त्रणमा सहयोग पुगोस् भनेर सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालले आफूले चढ्ने गाडीलाई नै एम्बुलेन्सको रूपमा प्रयोग गर्ने निर्णय गरेका छन् । 


कोरोना सङ्क्रमितको सङ्ख्या थपिदै जाँदा सङ्क्रमितलाई उपचारको लागि आइसोलेसन सेन्टर वा अस्पताल लैजान सवारीसाधनको अभाव नहोस् भनेर नै आफूले उक्त निर्णय गरेको नगरप्रमुख खनालले बताएका छन् । 

स्थानीयले भने खनालको यो निर्णयलाई एक असल अभिभावकले गर्ने निर्णयाको संज्ञा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्